प्रदेश १ मा इलामका एक सहित ५६ जना संक्रमित थपिँदा ७ सय ४० डिस्चार्ज


विराटनगर, २ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५६ जना कोरोना संक्रमित थपिएका छन् भने ७ सय ४० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ७ सय ३४ र विराटमेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८ सय ६८ पुगेको छ ।

मोरंङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १९, उर्लाबारीमा ८ र मिक्लाजुङमा ४, झापाको दमकमा १०, गौरादहमा ५, गौरीगञ्ज र मेचीनगरमा १–१, सुनसरीको बराहक्षेत्रमा २, देवानगञ्ज र इनरुवामा १–१, इलाममा १ र प्रदेश १ बाहिरको ३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ७९ हजार २ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment