प्रदेश १ मा इलामका १२ सहित ४४० कोरोना संक्रमित थपिए, ३६३ जना डिस्चार्ज


विराटनगर, ३ मंसिर ।
 प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन्, भने ३ सय ६३ डिस्चार्ज भएका छन् ।मोरङमा २ सय २३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय २४ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४७ महिला र ७७ पुरुष छन् ।


मोरङको सुन्दरहरैचामा ३२, उर्लाबारीमा ९, बुढीगंगा र बेलबारीमा ८–८, कटहरी र मिक्लाजुङमा ६–६, रंगेली, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा ५–५, लेटाङमा ४, सुनबर्षीमा ३, ग्रामथानमा २ र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको इटहरीमा ४३, रामधुनीमा ११, धरान, बराहक्षेत्र र इनरुवामा ६–६, दुहवीमा ३, गढी, देवानगञ्ज र बर्जुमा २–२, हरिनगर, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


झापाको दमकमा १६, विर्तामोडमा १२, भद्रपुरमा १०, अर्जुनधारामा ६, गौरादहमा ५, मेचीनगर र झापा गाउँपालिकामा ३–३, हल्दिबारी, शिवसताक्षी, बुद्धशान्ति , कनकाई र कमल गाउँपालिकामा २–२, गौरीगञ्जमा १, इलामको इलाम नगरपालिकामा ७, सुर्योदयमा ३, रोङ र फाकफोकथुममा १–१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा ५–५ र उदयपुर गढीमा १, संखुवासभाको मकालुमा ३, पाँचखपन र खाँदबारीमा १–१, पाँचथरको फिदिम, मिक्लाजुङ, फालेलुङ, हिलिहाङमा १–१, धनकुटाको महालक्ष्मी र धनकुटामा १–१, ताप्लेजुङको फुङलिङ, ओखलढुङ्गाको मानेभनज्याङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ३० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २४ हजार ५१६ पुगेको छ भने जम्मा डिस्चार्ज हुनेको संख्या १९ हजार २ सय ३१ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार २ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये १ सय ४६ महिला र २ सय ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८० हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment