प्रदेश १ मा पछिल्लो २४ घण्टामा इलामका छ सहित २१४ संक्रमित थपिए, ३११ डिस्चार्ज

विराटनगर, ७ मंसिर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २ सय १४ जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय ११ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट २ सय ९४, जिल्ला अस्पताल धनकुटाबाट ९ र विराट मेडिकल कलेजबाट ८ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय ९९ पुगेको छ ।मोरङमा ७३, सुनसरीमा ५३, झापामा ५०, संखुवासभा र इलाममा ६–६, खोटाङमा ३ , उदयपुरमा २, धनकुटा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३४, सुन्दरहरैचामा १३, रंगेलीमा ६, पथरीशनिश्श्चरेमा ५, सुनबर्षी र मिक्लाजुङमा ३–३, बुढीगंगा र उर्लाबारीमा २–२, लेटाङ, रतुवामाई, कानेपोखरी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा ३६, धरानमा ६, बराहक्षेत्रमा ४, भोक्राहानरसिंह, इनरुवा, रामधुनी, देवानगञ्ज र दुहवीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १२, भद्रपुरमा ८, कमल गाउँपालिकामा ७, शिवसताक्षी र अर्जुनधारामा ५–५, विर्तामोड र मेचीनगरमा ४–४, गौरादह र कनकाईमा २–२, गौरीगञ्जमा १, संखुवासभाको खाँदबारीमा ५ र सभापोखरीमा १, इलामको इलाम नगरपालिकामा ६, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी, खोटेहाङ र साकेलमा १–१, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १९ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार २ सय ९० पुगेको छ ।

प्रदेश १ मा आइतबार ८ सय ७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७८ महिला र १ सय ३६ पुरुषका रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८३ हजार ४ सय १४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment