फिक्सीङले कोरियन क्लवमा पुग्न नपाएका पासाङ भन्छन्- 'देश र गौरवको लागि खेल्न चाहन्छु'

  • बिनय तिम्सीना


इलाम, ८ मंसिर । राम्रो खेल कौशल भए पनि नेपालको राष्ट्रिय टोली छनौट गर्नेहरुको नजरमा पर्न नसकेका अभागी खेलाडी हुन पासङ लामा । नेपालमा सोचे जस्तो नभए पनि उनले भारतमा भने निकै राम्रो प्रदर्शन गरेका छन् । हजुरबुवा भारतमा जागिरे भएका कारण पनि उनलाई भारतमा खेल्नको लागि त्यती अप्ठ्यारो भएन ।
काठमडौंका स्थायी वासिन्दा रहेका उनी त्रिभूवन युनिभर्सिटीमा स्पोर्ट साइन्समा मास्टर गर्दै गरेका उनी भन्छन् – ‘शको लागि केही गर्ने मन छ, तर अहिले सम्म अवसर पाएको छैन।’



तर उनलाई राष्ट्रिय टोलीमा नबोलाइएका भने हैन सानै देखि उनलाई विभिन्न उमेर समुहमा यु–१६, यु–१९ र यु–२३ मा समेत बोलाईयो अन्तिम १९ मा पनि पारियो तर अत्यमा उनलाई टोलीमा राखिएन ।
उनी सँग धेरै पटक छनौट नहुँदाको तितो अनुभव समेत छ नेपाली फुटबल टोलीका मुख्या कोच ज्याक स्टोफिन भएका बेला उनी नेपालको सिनियर टीमा पर्ने लगभग पक्का नै थियो । उनको प्रदर्शन पनि अति राम्रो रहेको थियो । स्टोफिनलाई पनि उनको खेल एकदमै मन परेको थियो । तर उनी पछि टिममा चयन हुन सकेनन् ।
त्यसपछि स्टोफिनले उनलाई मौखिक रुपमै भनेका थिए -‘तिम्रो खेल असाध्यै राम्रो छ, तर सवै कुरा मेरो हातमा छैन।’
यसबाट पनि सहजै अनुमान लगाउन सकिन्छ कि नेपालको फुटबल खेलाडी चयनमा पनि भाई भाईको नाता चल्छ । लामाको परिवारमा अहिलेसम्म कोही पनि नेपालको कुनै पनि खेलमा सहभागी नभएकाले पनि उनलाई नेपाली फुटबल टोलीमा प्रवेश गर्न मुस्किल परेको हो ।
नेपाली क्लव फुटबलमा राम्रो प्रदर्शन
पासाङ लामा नेपाली क्लब फुटबलमा भने सानै देखिनै खेल्दै आएका छन् । मनाङ मस्यङद्री क्लबबाट जुनियर फुटबल शुरु गरेका उनी मनाङ मस्यङद्री क्लबाट ३ सिजन खेले । हिमालयन शेर्पामा दुई सिजन र एपीएफबाट दुई सिजन नेपालको लिग फुटबल खेले यसैबीचमा उनलाई नेपालको राष्ट्रिय टोलीमा बोलाईएको थियो । त्यसपछि नेपालमा लिग बन्द भयो ।
म्याच फिक्सीङको मारमा
लामाको खेल जीवनमा सुनौलो अवसरको रुपमा आएको थियो कोरियन फुटबलमा प्रवेश गर्ने । उनलाई कोरियन कोच कोरिया लानको लागि डकुमेन्ट मिलाउन लगाएका थिए । उनी मनाङ मस्यङद्री क्लबाट खेल खेल्दा कोचलाई उनको खेल मन परेर कोरिया लगेर खेलाउने इच्छा व्याक्त गरेका थिए ।
सोही अनुरुप उनलाई कोरिया लाने पनि भनेका थिए । उनको डकुमेन्ट मिलेर कोरिया जाने तयारी अन्तिम चरणमा पुगेको बेला नेपाली राष्ट्रिय टोलीको म्याच फिक्सीङको कुरा बाहिरियो । केही खेलाडीहरुलाई कारबाही गरियो ।

कोरियाली क्लबहरुले सोही फिक्सीङको घटनाले गर्दा उनलाई नलाने निर्णय गरे । यो निर्णयले लामाको कोरिया गएर फुटबल खेल्ने अवसर समेत सपनामा नै सिमित भयो । यसरी उनको खेल जीवनमा आएको सुनौलो अवसर समेत हातबाट गुमेपछि उनलाई मानसिक रुपमा पनि चोट पुग्यो ।
नेपाली फुटबलको विद्यामान परिस्थिति पनि राम्रो नभएको कारण त्यसमाथि उनलाई बोलाउँदौ टीममा नआटाउनुको कारणले पनि उनमा झन मानसिक चोट प¥यो । तर उनले हार मानेन । उनले आफ्नो खेल जीवनमा एउटै रहेको बाटो भारत रोजे । उनी भारत गएर विभिन्न लिग खेल्दै भारतमा नै बस्दै आएका थिए ।
भारतमा राम्रो प्रदर्शन
भारत सिक्कीमको युनइटेड सिक्कीमबाट आफ्नो केरीयर शुरु गरेका सेन्टर डिफेन्स लामाले भारतका थुपै क्लबबाट आफ्नो खेल कौशल देखाई सकेका छन् । हजुरबुबा भारतमा जागिरे भएकै कारण उनले आइ. लिग (इन्डीयन लिग) समेत खेल्ने अवसर पाएका थिए । पञ्जापको मिनरवा पञ्जावबाट उनले आइ. लिगमा समेत खेलेका थिए ।

उनले यस अघि कोलकोता लिगमा एक पटक सनसनी मचाएका थिए । लामा कोलकोताको पराग युनइटेडबाट (हाल वलिगञ्ज अग्रगामी एफ.सी.) एक सिजन खेले । कोलकोत्ता लिगको मोहमोदनसँगको खेलमा मेनअफद म्याच पनि भएका थिए ।
उनले भारतमा रहँदा सेन्टर डिफेन्स मात्र हैन आफुलाई खेलमा पोख्त बनाउन विभिन्न पोजिसनमा खेल्दै आएका थिए । उनी भन्छन मेरो पोजिसन सेन्टर डिफेन्स भए पनि कोचहरुले मेरो मेहनेत र दुवै खुट्टा राम्रो सँग चलाउन सक्ने भएकाले विभिन्न पोजिसनमा खेलाउने गरेका थिए ।
देशका लागि खेल्ने उनको सपना

लामा भन्छन् – ‘लुजरले अरुलाई दोष दिन्छ र वहना बनाउँछ । यो यस्तो त्यो त्यस्तो, नेपाल त्यस्तो यहाँको सिस्टम यस्तो तर म लुजर हैन बरु म आशाबादी छु, अहिले म सँग धेरै अनुभवका साथ परिपक्क भएको छु, त्यसैले म मेरो देश र गौरवको लागि खेल्न र देशलाई केही दिन चाहन्छु।’
नेपालको जर्सी लगाउने सपनामा म आशावादी रहेकाे उनकाे भनाइ छ । कोरोनाको कारण नेपाल लगायत अन्य मुलुकमा पनि अहिले फुटबल प्रतियोगिता नभई रहेको बेला उनीले कोराना अघि नेपालमा आएर गोर्खा ब्वाइजबाट खेल खेलेका थिए । उनी इलामको माइभ्याली गोल्डकपमा मच्छिन्द्र क्लबविरुद्ध खेलेका थिए । सो खेलमा उनको भूमिका मुख्य रहेको थियो ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment