प्रदेश १ मा इलामका तीन सहित २२८ कोरोना संक्रमित थपिए, ९१ जना डिस्चार्ज


विराटनगर, ८ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् भने ९१ जना डिस्चार्ज भएका छन् । झापामा ९२, सुनसरीमा ५१, मोरंङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, ते¥हथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरी र धरानमा २०–२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १–१, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २–२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथीभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा १–१, ते¥हथुमको लालीगुराँसमा १, भोजपुरको आमचोकमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५१८ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या २० हजार ९ सय ९० पुगेको छ ।

प्रदेश १ मा सोमबार ९ सय ५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८० महिला र १ सय ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म १ लाख ८४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment