
कोभिड १९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका ४ की ८२ बर्षीया महिलाको सोमबार मृत्यु भएको हो । उनमा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो सार्स फेर्न समस्या हुने र ज्वरो आउने समस्या भएका कारण उनलाई अस्पताल भर्ना गरिएको थियो उपचारको क्रममा उनको मृत्यु भएको सो उपचार केन्द्रले जनाएको छ ।
विराट मेडिकल कलेज विराटनगरमा इलामको सुर्योदय नगरपालिका १० का ५५ बर्षका पुरुषको आइतबार राति मत्यु भएको हो । कोरोना पोजेटिभ देखिएपछि उनलाई कार्तिक ३० गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
उदयपुर त्रियुगा नगरपालिका ३ की ३२ बर्षीया महिलाको आइतबार साँझा विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मुटुको समस भएकी महिलाको शनिवार कोरोना पोजेटिभ देखिएको थियो भने उपचार गर्दागर्दै उनको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
यसै गरी धरानस्थित वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पतालमा दुइजना संक्रमितको मृत्यु भएको छ । इलाम १ का २५ बर्षका पुरुषको आइतबार राति मृत्यु भएको छ उनलाई ५ गते कोरोना पुष्टि भएको थियो भने उनमा फोक्सो सम्बन्धी पुरानै रोग रहेको अस्पतालले जनाएको छ । सार्सफेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
मोरङको विराट चौकका ६७ बर्षीय पुरुषको वीपी कोइराला विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पतालमा सोमबार विहान मृत्यु भएको छ । उनलाई कात्तिक २६ गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या आएपछि मंसिर १ गते अस्पताल भर्ना गरिएको थियो । उनमा पुरानो रोग मधुमेय रहेको अस्पतालले जनाएको छ उनको उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
प्रदेश १ जम्मा अहिले सम्म कोरोना संक्रमणका कारण ३ स ४३ जनाको मृत्यु भएको छ भने २५ जना प्रदेश बाहिरका रहेको सामाजिक विकास मंत्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
0 comments:
Post a Comment