काठमाडौं उपत्यकामा थप १८ सय ७८ जनामा संक्रमण, कुल संक्रमित ८८ हजार ९४६ पुगे


काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ७८ संक्रमित थपिएका हुन् । थपिएका संक्रमितहरुमा काठमाडौंमा १ हजार ५ सय ७० , ललितपुरमा १ सय ८९ र भक्तपुरमा १ सय १९ रहेका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ९ सय ४६ पुगेको छ ।  योसंगै काठमाडौंमा ६७ हजार ३ सय ४८ जना, ललितपुरमा ९ हजार ५ सय ३ , भक्तपुरमा ६ हजार ८५ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment