हेटौंडाबाट १० लाख घुस रकमसहित इन्जिनियर पक्राउ

 मकवानपुर, २० कात्तिक । घुस रकमसहित हेटौंडाबाट एक इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले १० लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर–बर्दघाट विद्युत प्रसारण आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई प्रक्राउ गरेको हो ।

हेटौंडा–१० बसपार्कमा रहेको मेगा होटलबाट १० लाख रुपैया घुस रकमसहित इन्जिनियर नवौं तह अधिकृत जैसवाललाई अख्तियारको टोलीले पक्राउ गरेको हो । इञ्जिनियर जैसवाले प्रसारण विस्तार गरिरहेको ठेकेदार कम्पनीका ठेकेदारसँग घुस रकम लिदै गरेका अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेका इञ्जिनियर जैसवाललाई आवश्यक अनुसन्धान तथा कार्वाहीका लागि काठमाडौं लैजाने तयारी गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालय जनाएको छ । पक्राउ परेपछि इन्जिनियर जैसवाल अर्ध बेहोस जस्तै भएका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment