प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०४ कोरोना संक्रमित थपिए, ४२२ डिस्चार्ज


विराटनगर, १९ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ४ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय २२ जना डिस्चार्ज भएका छन् ।मोरङमा १ सय ५५, सुनसरीमा ९८, झापामा २३, पाँचथरमा १४, उदयपुरमा ३, धनकुटा र इलाममा २–२ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १११ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकोमा ४६ महिला र ६५ पुरुष छन् । मोरङको रतुवामाईमा १४, मिक्लाजुङ र बेलबारीमा ७–७, उर्लाबारी र ग्रामथानमा ३–३, कटहरीमा २, रंगेली, पथरीशनिश्चरे र बुढीगंगामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ७७, इटहरीमा १४, इनरुवामा २, देवानगञ्ज, दुहवी, बर्जु, बराहक्षेत्र र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा १०, विर्तामोड र गौरादहमा ४–४, अर्जुनधारा, मेचीनगर र कनकाईमा १–१ र स्थानीय तह नखुलेको २, पाँचथरको फिदिममा ११, हिलिहाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, उदयपुरको बेलकामा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा २, इलामको चुलाचुली र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ७ जनमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ४०१ पुगेको छ भने अहिले सम्म डिस्चार्ज हुनेको संख्या १२ हजार १ सय १ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार १ सय ९८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय २३ महिला र १ सय ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६४ हजार ६४० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सवैभन्दा बढी संक्रमित भएको जिल्ला मोरङ हो जस्मा ९ हजार ६ सय ६३ जना संक्रमित रहेका छन् । त्यस्तै झापामा २ हजार ३ सय ८१ , सुनसरीमा ६ हजार ७ सय ४ रहेका छन् भने उदयपुरमा ३ सय ३३ रहेका छन् ।

यसैगरी इलाममा २ सय ६ ,खोटाङमा ५५, ओखल्ढुङगामा ३८ , धनकुटामा १ सय १५ ,तापलेजुङमा ३६, तेह्रथुममा ६४ ,सोलुखुम्बुमा १९ , पांचथर ५४, भोजपुरमा ५३ ,संखुवासभामा १ सय ६० र अन्य ५ सय ३४ जना रहेका समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ भने १७ जना बाहिरका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment