काठमाडौं, २२ कात्तिक । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ६ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार २ सय ६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या १ लाख ५५ हजार १ सय १४ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३५ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १ सय ४४ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १० हजार ४ सय २३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १५ लाख २७ हजार ७ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ पुगेको छ ।
0 comments:
Post a Comment