मुलुकमा २ हजार ७ सय ५३ संक्रमित थपिए, संक्रमितको कुल संख्या १ लाख ९२ हजार नजिक

काठमाडौं, २२ कात्तिक । मुलुकमा थप २ हजार ७ सय ५३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ७ सय ५३ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ ।

प्रदेश अनुसार सबै भन्दा धेरै वागमती प्रदेशमा १ हजार ६ सय ९९ र सबैभन्दा कम कर्णाली प्रदेशमा २५ जना थपिएका छन् ।

त्यसबाहेक २४ घण्टामा प्रदेश १ मा ४ सय ९४ जना, प्रदेश २ मा ७७ जना, गण्डकी प्रदेशमा १ सय ३७ जना, लुम्बिनी प्रदेशमा २ सय १८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ३ जना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment