तस्करी गरी भारत लैजाँदै गरेको ४७ जोडी पशुचौपाय प्रहरी नियन्त्रणमा

विराटनगर, २३ मंसिर । मोरङको पुर्वी क्षेत्रको सिमानाकाहरुबाट तस्करी गरी भारततर्फ लैजाँदै गरेको ४७ जोडी पशुचौपाय मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालमा सस्तोमा खरिद गरेर भारत पु¥याउदा मासुको मुल्यमा चौपाय विक्री हुने भएकाले तस्करी बढेको प्रहरीले जनाएको छ । पशुचौपाय तस्करी
हुनेगरेको सुराकीका आधारमा सोमबार विहानको समयमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले मोरङको धनपालथान गाँउपालिका १ गडेरीयाबाट भारतार्फ लैजादै गरेको चौपाय नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

पशुलाई कांधमा जुवा लगाइदिने र खेतबारीमा जोत्न लगेको जस्तो गरेर सिमाना कटाउने गरेको पाइएको छ । प्रहरीले २९ वटा गाई एउटा बाछी १५ वटा गोरु र २ वटा बाछा नियन्त्रणमा लिएको मोरङ प्रहरी प्रवक्ता डिएस्पी मानबहादुर राइले जानकारी दिनु भयो । तस्करी गरी भारततर्फ लैजाँदै गरेका चौपायको भेटनरी क्वारेन्टाइनको सिफारिस समेत नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको चौपायको करिव १५ लाख २१ हजार मुल्यांकन गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय रानीमा बुझाएको छ । मोरङको
कुसल चौक , दोमुना, कर्सिया , सुनसरीको दुहबीबाट पशुचौपाय खरीद गरी मोरङका पुर्वी नाकाहरु गडरीया , खैरवाना,नोचा , मायागञ्ज लगायतबाट
चोपायको तस्करी हुने गरेको छ ।

मोरङको पुर्वी नाका हुदै मध्यरातमा र विहानीपख तस्कर समुहका नाजिर मियाँ, सहिद मियाँको समुहले पशु चौपाय भारत तर्फ लैजाने गरेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment