८ हजार ९ सय ४७ जनाको परीक्षण गर्दा मुलुकमा १ हजार ३ सय ८२ संक्रमित थपिए


काठमाडौं, २३ मंसिर । मुलुकमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ८२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४३ हजार ३ सय ७७ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ५ सय ९४ जनामा संक्रमण फेला

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ६३ महिला र पुरुष ३ सय ३१ रहेका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १४ हजार ६ सय १ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ९१ हजार १ सय ८४ जना, ललितपुरमा १४ हजार १७, भक्तपुरमा ८ हजार २ सय ९७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ निको भए, २३ को मृत्यु

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय २१ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ६ सय २१ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख २९ हजार ५४ पुगेको छ ।

File Photo

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १२ हजार ६ सय ८६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ सय २३ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १७ लाख ९९ हजार ६ सय ८६ जनाको पीसीआर परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २३ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ३७ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment