इलामेली दाजु भाई को आँखा जुधाई बजारमा (भिडियाे सहित)


इलाम, ६ पुसः नेपाली संगीत जगतमा दुई दाजु भाई एउटा बिल्कुलै नयाँ गीत लिएर युट्युबमार्फत् बजारमा आएका छन् । शब्द रचना तर्फ भने गीतकार गौतम डंगोल सन्देशले साथ दिएका छन् । गत शुक्रबार एभरेष्ट ग्यालरी को युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको ूआँखा जुधाईू बोलको गीतमा स्वर डेनी निरौला र संगीत भिषण निरौलाको रहेको छ । निरौला द्वय पुराना गायक तथा संगीतकार कोमल निरौलाका छोरा हुन् । यस अघि नेपाली संगीत जगतमा अब्बल संगीतकार का रूपमा दर्ज भइ सकेका डेनी यस गीत मार्फत गायक भएर उदाएका छन् । उता पेशागत सहकर्मी द्वय भिषण र गौतमले भने आफ्नो सांगीतिक सहकार्य को निरन्तरताको अर्को खुड्किलो को रूपमा यस गीतलाई बजारमा लिएर आएका छन् ।


दुई बैंकर निरौला र डंगोलबीच एउटै संस्थामा काम गर्दाका बखत भएको भेटघाट र सामिप्यता अनि साहित्य संगीत प्रति को दुवैको रुचीले गौतमका दमदार शब्दहरूमा निरौला का ओजपूर्ण संगीतमा धेरै गीतहरू तयार भए । आफ्नै दाई स्थापित संगीतकार भएको कारण भिषण आफ्ना हरेक श्रीजनाहरू दाईलाई सुनाएर निखारता का लागि सुझाव लिने गर्छन् । यही क्रममा आँखा जुधाई को शब्द र संगीत अत्यन्तै मन पराएर डेनी ले यो गीत आँफै गाउने निर्णय गरे र फल स्वरूप यो गीत आज संगीत बजारमा आएको छ ।

सांगितीक सहकार्य का क्रममा गौतम र भिषणका धेरै गीत तयार भए, जुन मध्ये केहीको अडियो तथा भिडियो सार्वजनिक भई सकेका छन् भने केहि सार्वजनिक हुने क्रममा छन् । उनीहरूका अन्य गीतहरूमा संगीतकार भिषण निरौला आँफै लगायत चर्चित गायकरगायिका रिमा गुरूङ, झुमा निरौला आदिको स्वर रहेको छ भने संगीत संयोजनमा जेम्स प्रधान, सचिन सिं, प्रदिप श्रेष्ठ, उदयराज पौडेल, सुमित आर्या, रोमी, फणिन्द्र राई लगायतले साथ दिएका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment