इलाममा पार्किङ गरेर राखेको ठाउँमै मोटरसाईकल अगजनी


इलाम, ६ पुसः इलाममा पार्किङ गरेर राखेको ठाउँमा नै मोटरसाइकल आगजनी भएको छ । गए राती करीव १०ः३० बजेको समयमा नरायणथान रोडमा पार्किमा राखेको को ३६ प २७७ को मोटरसाइकलमा आगजनी भएको हो । सनराईज बैंक इलामका शाखा प्रमुख ज्ञानश्यम गुरुङको सो मोटर साईकल के कारणले आगजनी भएको हो अहिले सम्म तथ्य पत्ता नलागेको सवारी धनी गुरुङ वताउँछन् । साँझ मोटरसाईकल पार्किङमा राखेर गएको रातीनै आगजनी भएछ  आँफैत आगलागी नहुनु पर्नेहो कसरी भयो केही थाहा छैन । 

यता जिल्ला प्रहरी कार्यालयले भने के कति कारणले अगजनी भएको हो खोजी भई रहेको जानकारी गराएको छ ।


 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment