राष्ट्रपति भण्डारीद्वारा संसद विघटन, २०७८ बैशाखमा दुई चरणमा निर्वाचनको घोषणा (विज्ञप्तीसहित)

 


काठमाडौं, ५ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी दुई चरणमा नयाँ निर्वाचनको घोषणा गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को निर्णयको आधारमा आज विहान संसद विघटनको सिफारिस गर्नु भएको थियो । संसद विघटन गर्ने सिफारिस लिएर प्रधानमन्त्री ओली आफै राष्ट्रपति कार्यालय शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले संसद विघटन गरी २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरण र २०७८ साल बैशाख २७ गते दोस्रो चरणमा निर्वाचनको घोषणा गर्नुभएको छ ।

 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment