झापा आउँदै गरेको बस सर्लाहीमा दुर्घटना, दुईको मृत्यु, १७ जना घाइते


इलाम , ८ माघ ।
 सर्लाहीको हरिवन नगरपालिकामा बस दुर्घटना भएको छ । दाङबाट झापाको काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस सर्लाहीमा दुर्घटना भएको हो ।

हरिवन नगरपालिका–४ मा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

आज बिहान ४ बजे ना ५ ख ४४८८ नम्बरको बस दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा दुई जना महिलाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment