खोटाङमा आगोले जलेर १०१ वर्षीय वृद्धाको मृत्यु

खोटाङ, १६माघ । खोटाङमा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । जिल्लाको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ः३० बजेतिर बस्तुभाउलाई खोले पकाउदै आगो ताप्नेक्रममा शरीरमा आगो लाग्दा गम्भीर घाईते भएकी अधिकारीको करिव पाँच घण्टापछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक गोविन्द शाहलले बताउनुभयो ।

कोहि आफन्त नभएकी बृद्धा अधिकारी स्थानीय रामप्रसाद पौडेलको घरमा आश्रय लिई बस्दै आएकी थिईन् । कपडा जलिरहेको गन्धका आधारमा स्थानीहरु वृद्धाबस्ने घरमा पुग्दा आगोले जलिरहेको अवस्थामा वृद्धालाई उद्धार गरेका थिए ।

शरीरका केही ठाउँ बाहेक अधिकांश भागको छाला जलेका कारण छटपटाइरहेका अधिकारीलाई स्थानीयले तत्काल स्वास्थ्यचौकी खोटाङबजारबाट स्वाथ्यकर्मीबोलाएर प्राथामिक उपचार गर्ने क्रममा स्लाइन चढाउँन खोज्दा स्लाइन नचढेको वडाअध्यक्ष शिवप्रसाद फुयाँलले बताउनुभयो । आगोले जलेर शरीरको छालापिल्सिएकएको अवस्थामा अधिकारीलाई आगोबाट उद्धार गरेपछि केराको पातले शरीर
ढाकेर राखिएको थियो ।

मृतक वृद्धाको शव परिक्षण गर्नका लागि जन्तेढुंगा गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरी निरिक्षक शाहले बताउनुभयो । वृद्धा अधिकारी गाउँपालिकाभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका परिचित उनलाई ३० औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवशरमा गत असोज १५ गते गाउँपालिकाले गाउँपालिभरीकै सबैभन्दा ज्येष्ठ नागरिकका रुपमा अधिकारीलाई सम्मान गरेको
थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment