नयाँ प्रकारको कोरोना भाइरस फैलिएपछि युरोपेली मुलुकहरुमा अझ कडा लकडाउन

 


एजेन्सी, १६ माघ । नयाँ प्रजातिको कोरोना कहरका कारण युरोपेली मुलुकहरुमा झन कडा लकडाउन जारी भएको छ । बिषेशगरी युरोपका पनि ब्राजिल, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेल्जियम, नेदरल्याण्ड, पोर्चुगल र बेलायतमा कडा लकडाउन जारी भएको हो ।

लकडाउन जारी गरिएपपछि ती सबै मुलुकहरुमा होटल, रेस्टुरेन्ट, हजाम, खेलकुदलगायतका क्रियाकलाप गर्न प्रतिबन्ध गरिएको छ भने पसल र सार्वजनिक स्थानहरुमा चहलपह गर्न कडा प्रतिबन्ध गरिएको छ ।

युरोपका केही मुलुकका सुला स्कथानमा भने बिद्यालय संचालन गरिएको छ । तर केही कोरोना जोखिम मानिएका क्षेत्रका बजारका बार, रेस्टुरेन्ट, थिएटर, सिनेमाघर जस्ता मानिसहरु भेला हुने स्थानहरुमा लकडाउन कडा पारिएको छ । साथसाथै कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न तरिकासमेत अपनाइदै गरिएको युरोपीयन मुलुकहरुले जनाएको छ ।

कतिपय मुलुकहरुले फेब्रुअरीसम्म लकडाउन गर्ने निर्णयमा छन् भने कतिपय मुलुकहरु लामो समयसम्म नै लकडाउन गर्ने योजनामा रहेका बताउदै आएका छन् । कतिपय देशका नागरिकहरु लकडाउनको बिरोधमा प्रदर्शन गर्न थालेका छन् ।

कतिपय मुलुकहरुले आफ्ना नागरिकहरुलाई कारोना भाइरसबिरुद्धको खोप पनि दिइरहेका छन् । जसमा बेलालयतले आफ्ना ७० प्रतिशत भन्दा बढि नागरिकहरुलाई खोप दिइसकेको दावी गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment