ओलीले ‘पार्टी हाम्रो हो’ भनेर बकवास गरिरहेको छ : झलनाथ खनाल

भक्तपुर, २५ पुष । केन्द्रीय कमिटीमा ४० प्रतिशत पु-याउन नसक्ने केपी शर्मा ओलीले ‘पार्टी हाम्रो हो’ भनेर बकवास गरिरहेको नेकपा दाहाल–नेपाल पक्षका नेता झलनाथ खनालले आरोप लगाउनु भयो ।

आज (शनिबार) भक्तपुरको थिमीमा भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेता खनालले पञ्चायतकालमा पञ्चहरुले जस्तै पैसा दिएर मान्छे बोलाउने र कार्यकर्ता भनी मास देखाएर जुलुस निकालेर जनता तर्साउन खोजेको आरोप लगाउनु भयो ।

केपी ओलीको यथार्थ कुरा कार्यकर्तामाझ बाहिर आएपछि जिउँदो लाश बन्ने पक्का भएको नेता खनालले बताउनु भयो । नेता खनालले धनगढीमा भएको प्रर्दशनलाई हाँस्यब्यङ्गको उपमा दिँदै ओलीले अब मह–जोडीसँग मिलेर हाँस्य प्रतिष्ठान खोल्न सुझाब दिनुभयो ।

हालसम्म ओलीको हरेक गतिबिधि केवल हाँस्य प्रहसनका लागि मात्र उपयुक्त भएको उनले टिप्पणी गर्नुभयो ।

नेता खनालले भन्नुभयो, ‘पार्टीको आधिकारिकताका बिषयमा अहिले निर्वाचन आयोगले सोधखोज गरिरहेको छ । ऐनको आधारमा मात्र काम गर्छ । ऐन मिच्न पाईदैन ।’

उहाँले अफ्ना पक्षको नेकपा पार्टीले नै सूर्य चिन्ह र आधिकारीकता पाउनेमा आफू बिश्वस्त रहेको पनि बताउनु भयो 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment