कोरोनाभाइरस : बेलायतमा हालसम्मकै सर्वाधिक दैनिक मृत्यु


काठमाडाैँ, २५ पुस । कोरोनाभाइरसकाे नयाँ प्रकारकाे फैलावट बढेसँगै बेलायतमा हालिसम्मकै सर्वाधिक दैनिक मृत्यु रेकर्ड गरिएकाे छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डाेमिटर्सका अनुसार  बेलायतमा पछिल्लो २४ घन्टामा १ हजार ३ सय २५ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन् । यससँगै बेलायतमा कोरोना भाइरसका कारण  ज्यान गुमाउनेको संख्या ७९ हजार ८३३ पुगेको छ ।


शुक्रबार त्यहाँ एकै दिनमा  ६८ हजार ५३ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २९ लाख ५७ हजार ४७२ पुगेकाे छ । तर १३ लाख ६४ हजार ८२१ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

अहिलेसम्म सर्वाधिक संक्रमित तथा मृत्यु संख्या भने संयुक्त राज्य अमेरिकामा छन् । त्यहाँ पनि पछिल्लाे समय संक्रमण तथा मृत्युदर बढिरहेकाे छ । शुक्रबार अमेरिकामा ३ लाख १ हजार ६५५ संक्रमित थपिँदा ३ हजार ९१४ संक्रमितले ज्यान गुमाएका छन् ।

हेर्नुस् पछिल्लाे समय बढी दैनिक मृत्यु संख्या देखिएका १० देश-

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment