रुकुम पश्चिममा काँंग्रेस र नेकपा कार्यकर्ताबीच झडप, अनिश्चितकालीन कफ्र्यू आदेश जारी

 

काठमाडौं, ६ माघ । रुकुम पश्चिममा नेपाली कांँग्रेस र नेकपा प्रचण्ड–माधव समूहका कार्यकर्ताबीच झडप भएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका–९ स्थित राडी बजारमा स्थानीय युवा बीच झडप भएको हो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर समेत गरेको छ ।

झडपका क्रममा ढुंगा लाग्दा तीन जना प्रहरी र वडाध्यक्ष तारक शाहीसहित तीन जना कांग्रेस निकट युवाहरु घाइते भएका छन् ।

उनीहरुको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।

स्थिति नियन्त्रणबाहिर जान नदिन राडीबजारमा अनश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि कफ्र्यु आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाएको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र ६ (३ क) कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment