इलामको माङसेवुङमा ट्रक दुर्घटना, १ को मृत्यू


इलाम, २४ पुसः इलामको माङसेवुङमा सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।  माङसेबुङ गाउपालिका २ भोटेडाँडा स्थित रबि दमक सडक खण्डमा ना.३ ख. २०५ नं. को काठको गोलिया बोकेको  ट्रक रबि पाँचथरबाट  झापाको दमकतर्फ जादै गर्दा आफै अनियन्त्रित भई अचानक बाटोबाट लगभग २०० मिटर तल झर्दा ट्रकमा सवार जिल्ला पाँचथर मिक्लाजुङ गाउपालिका ४ बस्ने बर्ष ३५ को किरण राई धाईते भई उपचारको लागी दमक झापा लाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

ट्रक चालक जिल्ला ताप्लेजुङ मेले गाउपालिका १ बस्ने बर्ष २० को प्रमोद श्रेष्ठ इलाका प्रहरी कार्यालय दमक झापाको नियन्त्रणमा रहेको तथा थप अन्य अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरीकार्यालयका सूचना अधिकारी लालध्वज सुवेदीले वताएका छन् ।  



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment