इलामका पत्रकार खतिवडा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते


इलाम,  : मोटरसाइल दुर्घटनामा परी इलामका कृयाशील पत्रकार टीका खतिवडा गम्भीर घाइते भएका छन्  ।

बिहीबार मे ९ प ७१३ नम्बरको आफ्नै मोटरसाइकल नियन्त्रित भई खतिवडा घाइते भएका हुन् ।

इलाम सदरमुकामकै नारायणस्थान–पीपलवोटे सडकमा खतिवडा दुर्घटनामा परेको परिवारले जनाएको छ ।

उनलाई उपचारका लागि झापाको बी एण्ड सी अस्पतालमा भर्ना गरिएको छ । दुर्घटनामा परेर खतिवडाको कम्भरको माथिल्लो भागको भित्री अङ्ग फियोमा गम्भीर समस्या देखिएको छ ।

अस्पतालले उपचारका लागि शल्यक्रिया गर्नुपर्ने बताएपछि उपचारार्थ आर्थिक सङ्कलन समेत थालिएको छ ।

उपचारको लागि खर्च जुटाउन सिद्धार्थ बैङ्क इलामको खाता नं.०३४१५२२१७५१ मा अप्सरा सुवेदी खतिवडाको नामना सङ्कलन गरिदिन अनुरोध गरिएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय इलामले भने आफूलाई कुनै जानकारी नआएको बताएको छ ।

खतिवडा राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, कारोबार दैनिकलगायत सन्चारमाध्यममा कार्यरत छन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment