काठमाडौं, १४ फागुन । सरकारले फागुन २३ गते प्रतिनिधधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले २३ गते बैठक बस्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्नु भएको हो ।
मन्त्रिपरिषदको सिफारिसमा गत पुष ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको विघटन गर्नुभएको थियो । तर उक्त संसद विघटनलाई सर्वोच्च अदालतले फागुन ११ मा बदर गरिदिएको थियो । सर्वोच्चको फैसलामा सरकारलाई १३ दिनभित्र संसद बैठक सुचारु गर्न आदेश समेत दिएको थियो ।
सोही आदेशलाई पालना गर्दै प्रधानमन्त्री ओलीले संसद बैठकको आह्वान गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको हो ।
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment