समाजसेवी कांग्रेस नेता खड्काद्वारा माइजोगमाइमा गरिवीका रेखामुनी रहेकालाई ब्ल्याँकेट वितरण तथा क्यान्सर पिडितलाई आर्थिक सहयोग


इलाम, १४ फागुनः नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले शुक्रबाट माइजोगमाई ५ सोयाङका ५ जना गरिवीका रेखामुनी रहेकालाइ न्यानु कपडा ब्ल्याँकेट वितरण गरेका छन । उनले माइजोगमाईकै क्यान्सर रोगले पिडित भएका दल वहादुर थलाङ लिक्बुलाई  र मृगौला रोगी सञ्चमाया लिम्बुलाई पाँचहजारको दरले परिवारलाई रकम पनि हस्तान्तरण गरेका थिए । 


यसैगरी शुक्रबारनै नेता खड्काको पहलमा माइजोगमाई ५ का २५ घरपरिवार विभिन्न अन्य दल परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार  नेपाली कांग्रेस  माइजोगमाई ५ सोयाङ वडा समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा माइजोगमाइ ५ मा २५ घर प्रवेश गरेका हुन । 

 कांग्रेसमा प्रवेश गर्नेहरूमा राम मादेन , कुमार सुन्दास अमर थेवे कल्पना कुँइकेल चन्द्र साँवा लयागत रहेका छन् ।  खड्काको प्रमुख आतित्थतामा भएको कार्यक्रममा खड्काले नवप्रवेशीलाई खादा ओढाएर स्वागत गरे   पुर्व प्रधान मन्त्रि मनमोहन अधिकारी र साहना प्रधानले प्रशिक्षण गरेका इलामका पुराना कम्युनिष्ट कार्यकर्ता अब यो पाटीबाट केहि नहुने सँधै ढाँटने जनतालाइ झुक्याउने चुनावमा आएर बिश्वस्त पार्ने तर सिन्को नभाँच्ने भन्दै काँग्रेस प्रवेश गरेको बताए  । 

नेता खड्काले सम्पूर्ण नवआगन्तुकलाई स्वागत गर्दै इलामको दुःखसुखमा हरपल साथ दिने बताए । कम्युनिस्टहरूले चुनावका बेला मात्रै ठूल्ठूला कुरा गर्ने र सरकारमा पुगेपछि केही काम नगरेर जनतालाई धोका दिएको नेता खड्काले बताए ।कांग्रेस बोलेको कुरा गर्छ, नगर्ने कुरा कांग्रेसले बोल्दैन,’ नेता खड्काले भने, ‘कांग्रेसले बेइमानी गर्नु, भ्रष्टाचार गर्नु, जनतालाई धोका दिनु सिकेको छैन ।’ कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य हुकुम थेवेले नेपाली जनताले पाँच बर्ष नेकपा लाइ दिएको बहुमत कुर्सीको स्वार्थमा लागेर नेपाली जनतालाइ बन्धक बनाएरु अस्थीरता तर्फ लगेको बताए कार्यक्रममा पुर्व जिल्ला कोषाध्यक्ष  श्याम खडगीले स्थानिय सिद्धदेवी आधारभुत बिद्यालय र अन्य बिद्यालयका  बिद्यार्थीहरुलाइ कापीबितरणगर्नु भएकोथियो  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment