कांग्रेस नेता खड्कालाई नामसालिङको शुक्रबारे खानेपानीद्वारा सम्मान


इलाम, १ चैत्रः इलामका  समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खड्कालाई नामसालिङ शुक्रबारे खानेपानी उपभोक्ता समितिको आयोजनामा भएको दाता सम्मान कार्यक्रममा  सम्मान गरिएको छ । समितिका अध्यक्ष पारशमणी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा  नव निर्मित टयाङकी  संयुक्त रुपमा उदघाटन पछि वडा कार्यलयमा आयाजित कार्यक्रममा  दोसल्ला ओडाएर सम्मान पत्र सहित वडा प्रतिनिधि ,समितिका अध्यक्षले   सम्मान गरेका थिए ।

नामसालिङको ऐतिहासीक बजार शुक्रबारेमा बिगत लामो समयदेखि बजारबासीले खानेपानीको अभाव झेल्नु परेको यसका लागी दाताले सहयोग गर्ने भएपछि संयूुक्त रुपमा टयाँकी निमार्ण गरीएको  वडा सदस्य राम घिमिरेले बताए ।  उक्त खानेपानी ट्याङ्की निर्माणका लागि नेता खड्काको रु दुइलाख बिस हजार  सहयोग र वडा न ३ को रु तिनलाख बजेटमा ट्याङ्की  तथा पाइप सहित निर्माण भएको हो उक्त खानेपानी ट्याङ्कीको शुक्रबारे बजारका ३० घर धुरिले उपभोग गर्ने र  दैनिक पचास हजार लिटर पानी जम्मा हुने गरेको उपभोक्ता समितिका अध्यक्ष पारशमणि घिमिरेले बताएका छन ।

सम्मान कार्यक्रममा वडा ३ का वडा सदस्य तथा ने का क्षेत्रीय कोषाध्यक्ष निर्मल घिमिरेले नेता खडकाले नामसालिङ मा बि लाई नमुना बिद्यालयको रुपमा ल्याउन योगदान रहेको बिद्यालयमा कर्कट पाता उपलब्ध गराएको शिव मन्दिरमा समेत कर्कट पाता दिएको  माथिल्लो  टोलमा बिधुत ट्रासमिटर र पोलका साथै सडकको स्तर उन्नतिका लागि सहयोग गरेको भन्दै हामी नामसालिङबासिले नेता खडकाको सम्मान गर्नु पर्ने बताएका थिए ।

 कार्यक्रममा नामसालिङ सामुदायिक बिकाश केन्द्रका सचिव कमल नेपालले  आफ्नो उदार मनले जिल्ला भरी नै बिभिन्न क्षेत्रमा गरेको समाज सेवा गर्नु उदाहरणीय र अनुकरणीय  कार्य हो भन्दै यस्तो कार्यमा सदैव लाग्न प्रेरणा मिलोस भन्दै शुभकामना ब्यक्त गरे । 

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति भिष्म प्रधान नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य श्याम खडगी  लगायतले समाजसेवा गर्ने नेता इलामे नेता खडकालाइ इलामे जनताले चिन्न आवश्यक रहेको भनाइ राखेका थिए ।  कार्यक्रममा खानेपानी उपभोक्ता सहित सम्पुर्ण नामसालिङ बासी लगायत  बिभिन्न क्षेत्रका ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment