सिरहा, १ चैत । सिरहाकाे लहानस्थित मालपोत कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएकाे छ । बम कार्यालय भवनभित्रै विस्फाेट भएकाे हाे ।
आइतबार भएको सो विस्फाेटमा परी कम्तीमा ५ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । विस्फाेट कसले र के प्रयाेजनका लागि गराएकाे हाे भन्ने खुल्न सकेकाे छैन । घटनास्थलमा विस्फाेट भएर प्रेसर कुकर कुच्चिएकाे अवस्थामा फेला परेकाे छ ।
थप विवरण आउन बाँकी छ…
न्युज24नेपालबाट
प्रतिकृया दिनुहोस्
About Maipokhari news
माइपोखरी न्यूज डटकम सम्बाददाता
0 comments:
Post a Comment