पश्चिमी वायुका कारण देशभरको मौसम बदली, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना


काठमाडाैँ, २९ फागुन । शनिबार (आज)  मुलुकभर पश्चिमी वायुको प्रभाव देखिएको छ । साेही वायुका कारणबदली रही देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ । आज दिउँसो दिनभरि नै मुलुकभर आंशिकदेखि सामान्य बदली रहने छ ।

देशको पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे । उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको छ ।

आज राति गण्डकी, बागमती र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने जनाइएकाे छ । गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

विभिन्न क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित वर्षा तथा हिमपातकाे समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment