दुर्गाप्रसादले लिए नेपाली नागरिकता


चैत्र १२,  इलाम । अदालती प्रक्रिया बिना ४० वर्ष भारतीय जेलमा राखिएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामबाट उनले बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

२०१७ साल साउन २० मा जन्मेका दुर्गाप्रसादले माई नगरपालिका–१० ठेगानाको नागरिकता पाएको कार्यालयले जनाएको छ । २० बर्षको उमेरमा २०३७ साल माघमा इलामको तत्कालीन एकतप्पा गाउँ पञ्चायत–८, खँगुवा (हाल फाकफोकथुम गाउँपालिका) बाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न भनी हिँडेका उनको नागरिकता थिएन् ।

कलकत्ताको उच्च अदालतले रिहाई गर्न आदेश दिएसँगै शनिबार माई नगरपालिकास्थित लुम्बाक घरमा आएर उनलाई वंशजको आधारमा नेपाली नागरिकता दिलाउने प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले प्रतिवद्धता दिएका थिए ।

मानसिक रूपमा बिरामी रहेका दुर्गाप्रसादको उपचार १ नम्बर प्रदेश सरकारले गर्ने भएको छ। तर, नागरिकता नहुँदा समस्या आउनसक्ने भएपछि उनको नागरिकता बनाएको परिवारजनले जनाएका छन् ।

दुर्गाप्रसादकी ८६ वर्षीया आमा घरमा छिन् भने उनका बाबु चम्पाखरको २०२४ सालमा निधन भएको थियो । दुर्गाप्रसादको धार्मिक परम्पराअनुसार व्रतबन्ध र विवाह पनि भएको छैन । लोकल सन्देशबाट

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment