१ महिनाअघि ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको गाडिएको अवस्थामा शव फेला

जनकपुरधाम, १२ चैत । एक महिनाअघि ओछ्यानसहित बेपत्ता भएका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झाको शव फेला परेको छ । बिहीबार महोत्तरीको पिपरा गाउँपालिका–२ मा गाडिएको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको हो।

प्रदेश नम्बर २ प्रहरी कार्यालयका अनुसारफेला परेको शव हराइरहेका झा दम्पतीकै रहेको र शव चाँडो कुहियोस् भनेर नुन पनि हालेको देखिएको छ ।

साथै, शवको सनाखत मृतकका छोरा र भतिजाले गरेका छन् । हाल प्रहरीले अपहरण र हत्याबारे विभिन्न तरिकाले अनुसन्धान गरिरहेको छ ।

गत फागुन १० गते महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवामा घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित झा दम्पत्ति हराएका थिए । बेपत्ता भएका दम्पत्ति अपहरण अभियोगमा प्रहरीले यसअघि चार जनालाई पक्राउ गरिसकिएको छ ।

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५, सहोडवाका ५२ वर्षीय रामबाबु यादव, उनकै २६ वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरो राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुर रहेका छन्।

१ महिना लामो समयपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले दम्पत्तिको शव पत्ता लगाउन सफल भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment