भारतका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार

काठमाडौं, १२ चैत । भारतमा कोरोना भाइरुसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । त्यहाँका १८ राज्यमा कोरोना भाइरसको नयाँ प्रकार भेटिएको तथ्यांक बाहिरिएको छ।भातको स्वास्थ्य मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको ुडबल म्यूटेन्टु भाइरसबीच कुनै सम्बन्ध नभएको जनाएको छ ।

पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रकार विभिन्न देशमा देखिरहेको छ । नयाँ प्रकारको कोरोना भाइरसबाट नयाँ सङ्क्रमितको नमुनाका १५ देखि २० प्रतिशतमा पाइएको बतााइएको छ ।

हाल त्यहा नयाँ भाइरसको बढी सङ्क्रामक रहेको जनाइएको छ । संक्रमण तीव्र गतिमा बढेपछि भारतीय सरकारले अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा लगाएको प्रतिबन्धलाई अप्रिल ३० सम्म लम्ब्याएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment