काठमाडौँमा वायुप्रदूषण : भिजिबिलिटी कम हुँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, १४ चैत । काठमाडौँमा वायु प्रदूषण बढेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

वायु सुक्खा र धुँवा-धूलाे बढेका कारण शुक्रबार बिहानैदेखि लागेकाे  बाक्लो तुवालो  हालसम्म हटेकाे छैन । साेही कारण  काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक एवं बाह्य उडान र अवतरण प्रभावित भएका हुन् ।

बाक्लो धुवाँसहितको तुवाँलोले भिजिबिलिटी शून्य भएकाले उडान प्रभावित भएको हो । शनिबार बिहान उपत्यकाको भिजिविलिटी एक किलोमिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालको आकाशमा बाक्लो तुवाँलो रहेको र भिजिविलिटी कम भएका कारण अन्तर्राष्ट्रियतर्फ एक जहाज भारतमा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिविलिटी कम भएका कारण आन्तरिक उडान पनि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

साथै, आज पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण स्वाथ्यका लागि घातक अवस्थामा नै रहेकोले सकेसम्म घरबाहिर ननिस्कन, खुल्ला वायुमा धेरै बेर नबस्न मौसमविदहरूकाे सुझाव छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment