सचिन तेन्दुलकरलाई पनि कोरोना संक्रमण

नयाँ दिल्ली, १४ चैत । टिम इन्डियाका महान ब्याट्सम्यान सचिन तेन्दुलकरलाई पनि कोरोना संक्रमण देखिएको छ । सचिनले आफैले ट्वीटर ह्यान्डलमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।

सचिनले ट्वीट गरेर भनेका छन्, ‘कोरोनाबाट बच्नका लागि सबै सावधानी अपनाइरहेका थिए । तर, आज कोरोना पॉजिटिभ रिपोर्ट आएको छ ।’

कोरोना संक्रमण पुष्टि भएसँगै सचिन होम क्वारेन्टाइनमा बसेका छन् । उनले भनेका छन्, ‘डाक्टरले सिफारिस गरेजस्तै सबै प्रोटोकलहरु पछ्याउँदै छु । म सबै स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिन चाहन्छु ।’

तर, उनको घरका अन्य सबै सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । सचिनले भर्खरको रोड सेफ सेफ्टी वल्र्ड सिरिजमा भाग लिएका थिए । जसमा भारत लिजेन्ड्स टिमले फाइनल खेलमा श्रीलंकालाई हराउदै उपाधि जितेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment