पर्यटकको पर्खिरहेको इलामको सुन्दर पर्यटकिय स्थल चित्रे गुम्बा

  •  जीवन शर्मा


फिक्कल १३ चैत : इलाम जिल्लाको उत्तरी क्षेत्र  सुर्योदय नगरपालिका वार्ड न १ मा अवस्थित चित्रे गुम्बा यति बेला ओझेलमा परिरहेको छ । नेपाल र भारतको सिमावर्ती बजार मानेभञ्ज्याङ नजिकै भए पनि सम्बन्धित पक्षले चासो नदेखाउदा अनकन्टारमा ध्रुव तारा जस्तै आफैमा मात्र चम्किरहेको छ । इलामको पुरानो बजार गोर्खेबाट ५ घण्टाको कठिन पैदल यात्राबाट पुग्न सकिने चित्रे गुम्बा आफैमा एउटा ईतिहास बोकेको गुम्बा हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले असाध्यमै महत्त्व बोक्ने भए पनि उचित ध्यान नपुग्दा गुमनाम जस्तै बनेको छ । बौद्ध पिठसहित सन्चालित यो गुम्बामा दर्शन गर्न आउनुहुने धर्मावलम्बी तथा पर्यटकहरु भारतीय बाटो भएर आउने गर्नुहुन्छ । लाजमर्दो कुरा त के छ भने नेपालमा भएर पनि यो गुम्बा  दार्जिलिङस्थित डाली गुम्बाद्वारा व्यवस्थापन र निर्दशीत हुँदै आइरहेको छ । 

इलामको मुस्ताङ भनेर चिनिने उक्त गुम्बा क्षेत्रमा जोमसोङमा जस्तै १२ बजे सरर हावा चल्छ ।  यस गुम्बाको बिकास र प्रवर्द्धन गर्ने हो भने पुर्व नेपालको सबै भन्दा ठूलो र महत्वपुर्ण धार्मिक गन्तब्य बन्ने कुरालाई नकार्न सकिँदैन । तर यहाँ गर्न धेरै बाकी छ ।  बाटोको उचित व्यवस्था छैन । त्यहा बस्नको लागि पनि उचित व्यवस्था  छैन ।

सुर्योदय नगरपालिकासङ्ग अनुरोध

यो गुम्बा नेपालको हुदाहुदै पनि दार्जीलिङबाट हेरिने हुदा हामी आफैले हेर्ने बाताबरण तयार गर्नुपर्‍यो । यस गुम्बामा बौद्ध पाठशाला  पनि भएको हुँदा उचित व्यवस्थापन गर्नसक्नुपर्‍यो ताकि हाम्रा धेरै भन्दा धेरै व्यक्तिले सहज रुपमा बौद्ध शिक्षा लिन सकुन । बाटोलाई उच्च प्राथमिकता राख्नुपर्‍यो । लुम्बिनी बौद्ध विश्व विद्यालयबाट सम्बन्धन लिएर बौद्ध क्याम्पस सन्चालन गरिनुप्र्‍यो   । नगरपालिकाले आफ्ना योजनाको उच्च प्राथमिकतामा राखेर बौद्ध धामस्थित बुद्धपार्कबाट केवलकार सन्चालन गरिनु पर्‍यो । सबैभन्दा मुख्य कुरा त नगरले यसको बिकास गर्न आवश्यक छ भन्ने ठान्नु पर्‍यो । नत्र उता भारतीयहरुले सिमानाबाट नेपाली भुमी प्रयोग गरि चित्रे गुम्बाको दृश्य बेचेर लाख कमाउदा हामी चाहिँ ट्वा परेर बस्नु बाहेक अरु केही बिकल्प छैन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment