आपसी विवादका कारण इटारीकै सारहु नाता पर्ने मुनेश्वर यादव र अजितबीच ०७७ फागुन १४ र १५ मा पटक पटक झगडा भएको स्थानीयहरुले बताएका छन् । आपसी विवादका कारण दुई दिनमा तीन चार पटक झगडा भएको उनीहरुको भनाई छन् ।

‘झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुटे,’ अजितका भाई नविन कुमार यादवले भने, ‘कुटाईबाट अजितको शरीरबाट रगत बाहिर नआए पनि भित्री भागमा विषेश असर परेको कारण मृत्यु भएको हुन सक्छ ।’
०७७ फागुन १५ साँझको झगडा पछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गयो र सोही राती तीन बजे अजितलाई सास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा मृत्यु भएको उनले बताए ।
पत्नी अल्का कुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई-बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए ।
अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले सो जाहेरी दर्ता नगरी ०७७ फागुन १६ को दिनभर प्रतिक्षा गराएको पीडित परिवारको गुनासो छ ।
कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सुदिपराज भण्डारीले जनाए । पोष्ट मार्टमको रिपाेर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने उनले थपे । उनका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
0 comments:
Post a Comment