हिन्दु धर्मको संरक्षण गर्दै कांग्रेस नेता खड्का


इलाम, १७ फागुनः नेपाली कांग्रेसका युवा नेता तथा इलामका अग्रज समाजसेवी डम्बर खडकाले देउमाइ नगरपालिका ९ जितपुरको मार्सीटोलमा नवनिर्मित किराँतेश्वर शिवालय मन्दिरलाई एक थान धातु जडित   शिवको मुर्ति हस्तान्तरण गरेका छन । स्थानीय भत्तजनहरुको उपस्थितिमा मन्दिर निमार्ण समितिका अध्यक्ष कमल खनाल सहित सदस्यहरु मार्फत उनले उक्त मुर्ति हस्तान्तरण गरेका हुन । 

मुर्ति स्थापना पछि समितिका अध्यक्ष खनालले जिल्ला भर स्थापना भएका मठ मन्दिरमा मुर्ति दिने नेता खडकाको प्रसंसा गर्दे आगामी दिनमा पनि भगवान शिवजीले यसरीनै मठ मन्दिर,  असाहय  गरीब दिन दुखि र बिरामीको  सेवा गर्ने आर्शिबाद प्रदान गरुन भन्दै अहिले हाम्रो इलाम जिल्लामा  असाहय असक्क्त गरीब दुखि लगायत अफटयारोमा परेका  बिरामी अस्पतालमा पुग्दा पहिलो पटक डम्बर खडकालाइ सम्झने गरेको सत्यता समेत बताए । 

उनले धन मात्र भएर हुदैन मानीस सँग सेवा गर्ने सार्मथ्र्य र मन पनि हुनुपर्छ भन्ने प्रमाण डम्बर खडकाले देखाए छन  समेत भने । यो देश भरीमा उदाहरणीय पनि छ यस्तै  सामाजिक कार्य गरेकाले राष्ट्रिय सम्मान समेत प्राप्त गर्नु भएको  उनको भनाइ छ । उँहाबाट हाम्रा भावी पिँडिले समेत यस्ता महान कार्य गर्ने प्रेरणा मिलोस भन्दै भगवान शिवजी सँग कामना गर्नुभयो । यसरी नै नेता खडकाले देउमाइ नगरपालिका ३ जलजलेमा नवनिर्मीत् दुर्गामाता मन्दिरलाइ  अध्यक्ष नर ब राउत मार्फत पित्तल जडीत दुर्गा भवानीको  २० के जी बराबरको मुर्ति  एक कार्यक्रका बिच पदस्थापन  गरीदिएका छन  । 

उक्त्त मन्दिरमा मुर्ति पदस्थापन  पछि पछि भेला भएका भक्तजनहरुमा माझ आयोजित कार्यक्रममा मन्दिरका सचिव थिरकुमार बस्नेतले पछिल्लो समय  युवा हरु हिन्दु धर्म संरक्षणमा नलागेको परिवेशमा नेता खडकाले हिन्दु धर्म संरक्षणमा महत्वपुर्ण योगदान दिएको प्रसंसा गर्दे  यो अभियानमा  सदैव सेवा गर्न  पुगोस भनी दुर्गा माता सँग  हामी सबैको तर्फबाट कामना गर्दछु उनले भने  कार्यक्रममा  नेता खडकालाई श्रदालु भत्तजनको तर्फबाट खादा फुल तथा टोपि ओडाएर सम्मान समेत गरीएको थियो  । 

कार्यक्रममा बोल्दै  नेता खडकाले हिन्दु धर्म बिश्वमा भएका सबै धर्म मध्ये उत्कृष्ठ  धर्म भएकाले यसलाइ सम्मान गर्नु पर्ने बताउदै   हिन्दु धर्मले कुनै धर्मको आलोचना गदैैन  सबै धर्मको सम्मान गर्दछ भन्द्यै   भगवान कँहा छन भनेर आफुले आफैलाई चिन्नु पर्छ यहि भगवान पाइन्छ सत्कर्म सत्बिचारले मानवलाइ सफलतामा पुरयाउछ अमृत रोप्दा बिष फल्दैन र बिष रोप्दा अमृत हुदैन   उनले अहिले सबैतिरबाट हिन्दु धर्म खस्किदै गइरहेकाले यसको  मर्म बुझेर सबै हिन्दु धर्मावलम्बी एकजट भएर लाग्नु पर्ने समेत बताए । 

यसका अलावा समाजसेवी तथा ने का युवा नेता खडकाले इलामको एतिहासिक सिंहबाहिनी मन्दिरलाइ  जिर्णेद्धार गर्न करीब ६५ लाख बरबाबरको सहयोगमा  पित्तल जडित छानो लगाइदिउका छन यस्तै इ न पा ५ को बेदपाठसालामा समेत आर्थिक सहयोग गरेका छन यस्तै उनले माइपोखरीको शिव मन्दिरमा जस्ता पाता साँगरुम्बाको शिब मन्दिरमा गेट निमार्ण इ नपा ६ को  बहु धार्मिक संग्राहलयमा रु पाँचलालख बराबरको आर्थिक सहयोग गर्नुकासाथै   जिल्लाभरका अधिकाँश सामजिक उदेश्यले लगाइएका पुराणहरुमा आथिक सहयोग गरेका छन भने  इलाम जिल्लाका ६५ वटा मठ  मन्दिरमा मुर्ति पदस्थापन गरीसकेका  छन ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment