अमेरिकामा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा प्रहरीसहित ६ जनाको मृत्यु

एजेन्सी, १० चैत । अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार दिउँसो बन्दुकधारीले ग्रोसरी स्टोरमा गोली चलाएका हुन् ।

द न्युयोर्क टाइम्सका अनुसार शंकास्पद बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनले किन आक्रमण गरेका हुन भन्ने खुलिसकेको छैन ।सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएको अमेरिकामा बेला-बेलामा यस्ता आक्रमणका घटनाहरू हुने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment