भागरथी हत्या प्रकरण : दिनेशले बुवालाई भने-‘परिवारलाई मार्ने धम्की आएपछि अपराध स्वीकारे’


  • सुरेश भट्ट

कञ्चनपुर, ८ चैत । बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षिया भागरथी हत्या प्रकरणमा दिनेश भट्टले आफ्नो बयान फेरेको दिनेशका बुवा दिपक भट्टले बताएका छन् ।

आइतबार कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलमा अभियुक्त दिनेश भट्टका बुवा दिपक भट्टले भागरथी हत्या प्रकरणमा दिनेश अपराधी नभएको भन्दै बयान फेरेको बताएका हुन् ।

दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको र डराइ धम्क्याएर साबिती बयान दिन लगाएको उनका बुवा दीपकराज भट्टले बताए । दिनेशले अपराध अस्वीकार गर्दै अन्य दुई जनामाथि हत्या आरोप लगाएका छन् । उनीहरुले बुवा र भाइलाई मार्ने धम्की दिएर अपराध स्वीकार्न लगाएको दिनेशको आरोप छ ।

दिनेशका बुवा दीपकराज

आफू विद्यालयबाट घर फर्किंदा भागरथीका हत्यारा देखेको र उनले आफ्नो घाँटीमा चक्कु राखेर घटनाबारे बाहिर भन्यौँ भने तिमी, तिम्रो बुवा र भाइलाई मार्छौं भन्दै धम्की दिएपछि मैले अपराध स्वीकारेको अभियुक्त दिनेश भट्टका बुवा दीपक भट्टले बताएका छन् ।

दिनेशले हत्याराको आरोप लगाएका दुई जनामध्ये एक जना वडा कार्यालयको कर्मचारी रहेको र अर्कोलाई नचिनेको दिनेशका बुवाले बताएका छन् । बलात्करपछि हत्या अभियोगमा दीपायलस्थित बाल सुधार गृहमा रहेका दिनेश भट्टले फोन सम्पर्कमा अपराध अस्वीकार गरेपछि दिनेशका बुवा उनलाई भेट्न सुधार गृहमा पुगेका थिए ।

दिनेशको परिवारले दोषिलाई उम्काएर निर्दोषलाई फसाउने काम भएको दाबी गर्दै घटनाको सत्य, तथ्य छानविन हुनु पर्ने माग गरेको छ ।

गत २१ माघमा विद्यालयबाट घर फर्कने क्रममा १७ वर्षीया भागरथीको बलात्कारपछि हत्या भएको थियो । भागरथी र दिनेश दिदीभाइ हुन् । दिनेश कक्षा ११ र भागरथी कक्षा १२ मा सनातन धर्म मावि श्रीकोटमा अध्ययनरत रहेका थिए। गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निर्वस्त्र र वीभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।  न्युज24नेपालबाट 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment