इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी आर्मीलाई


इलाम, ८ चैत्रः जिल्ला भलिवल संघ इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल आर्मीले उचालेको छ । आइलबार इलामको ठूलो टुडिखेलमा भएको खेलमा ३–२  को सेटमा विमान ट्रेड्स झापालाई पराजित गर्दै नेपाल आर्मी क्लवले उपाधी जीतेको हो । 

विमान ट्रेड्स झापाले पहिलो दुई सेटमा  १७–२५, २२–२५ ले जीते पनि पछिल्ला ३ सेट आर्मीले लगातार १८–२५, २२–२५ र १२–१५ ले जित निकाल्दै विमान ट्रेड्सलाई स्तव्ध वनाएको हो ।

प्रतियोगिताको विजेताले दुइलाख नगद र ट्रफि तथा प्रमाण पत्र र उपविजेताले नगद एक लाख र  नगद र ट्रफि तथा प्रमाण पत्र पाउने आयोजकले जानकारी गराएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment