इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलः आर्मी र विमान ट्रेड्स झापा फाइनलमा प्रवेश


इलाम, ७ चैत्रः जिल्ला भलिवल संघ इलामको आयोजनामा भइरहेको दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा नेपाल आर्मी क्लव र विमान  ट्रेड्स  झापा प्रवेश गरेका छन् । शनिबार इलामको ठूलो टुडिखेलमा भएको पहिलो खेलमा ३–१  को सेटमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै नेपाल आर्मी क्लव फाइनलमा प्रवेस गरेको हो । 


खेल पुलिसले  २५–१९ ले पहिलो सेट जितेको थियो । दोश्रो सेटमा आर्मी ले २२–२५ को जित निकाल्यो । त्यसपछिको दुई सेट आर्मीले २५–१५ र २५–२० ले जित्यो । 

दोस्रो खेलमा ३–० को सोझो सेटमा विमान ट्रेड्स झापाले एपिएफलाई हराएको छ । जितको लागि विमान ट्रेड्स झापाले  क्रमश  २५–२७, २०–२५ र २२–२५ ले जीत निकालेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment