कोरोना विरुद्धको खोप लागएसँगै इलाम रोङका वृद्धहरुको मुहारमा खुशी


  • गगन घिमिरे

इलाम, रोङ ४ का ७० बर्षिय धन प्रसाद अर्यालको मुहारमा आज बेग्लै खुशी थियो । खुशिको कारण मात्र एक थियो कोरोना भाइरस (कोभिड १९) रोग विरुद्ध  खोप । रोङ गाउँ पालिका ४ स्थिति  पहिरी गाउँ खोप केन्द्रमा खोप लगाउन पुगेका अर्यालले अब समाजमा सहजताका साथ हिडडुल गर्न पाइनेमा खुसी व्यक्त गरे। 

एक बर्षसम्म आफ्नै आफ्न्त साथी समाज सग डराए बस्नु परेको र अब खोप अभियानले गर्दा यस्तो नहुने र सबैसँग साथमा बस्न पाउने भएकामा खुशी देखिन्थे।  कोबिड१९ रोग विरुद्ध खोप अभियान अन्तर्गत रोङ गाउँपालिकाको ६ वटै वाड मा संचालन भैरहेको छ। सोमबारबाट आजसम्म अर्याल जस्तै रोङ गाउँपालिकाका ६५ बर्ष माथीका ६३४जनाजेष्ठ नागरिकले खोप सेवा लिएअका छ्न । 

हालसम्म वार्ड नम्बर १ मा ९९दुईमा ८४जना  तीन नम्बरमा १५२ चार मा ५४ रोङ ५ मा ९४ र छ नम्बर मा १५०गरि जम्मा ६३४ जनाले खोप सेवा लिएका छ्न । तेस्तै बुधबार मात्र दिन रोङ ३ मा ७०रोङ ४ मा ३७रोङ ५ मा ४२ र रोङ ६ मा ३९गरि १८८जनाले खोप लगाएको रोङ गापाको स्वास्थ सह संयोजक युवराज काफ्लेले  जानकारी दिएका छ्न। खोप अभियान फाल्गुन २८ गते सम्म संचालन हुने र खोप अभियानमा सबै जेष्ठ नागरिकहरुलाइ सहभागी हुन अनुरोध गरेका छ्न।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment