विराटनगर, १८ चैत्र । संघिय, प्रदेश र स्थानीय तहहरुबीच समन्वय र सहकार्यबाट मात्र विकास र समृद्धि सम्भव भएको प्रदेश १ का मुख्यमंत्री शेरधन राईले बताउनु भएको
छ ।
नगर विकास कोषले विराटनगरमा आयोजना गरेको कार्यक्रम उद्घाटन गर्दै मुख्यमंत्री राईले सुखि नेपाली र समृद्ध नेपाल भन्ने नारालाई साकार पार्न शहरीकरणको अवधारणा लागू गर्नुपर्ने बताउनु भयो ।
शहरी पूर्वाधार र विकास संरचना निर्माणमा आर्थिक र प्राविधिक सहयोग गर्दै आएको नगर विकास कोषले नगरपालिकाहरुका १ हजार २ सय योजनामा १२ अरब रुपैया लगानी गरेको छ ।
पछिल्लो समय नगर विकास कोषले व्यवस्थित शहरी विकासमा ऋण र अनुदान उपलब्ध गराउदै आएकोमा नगरपालिकाहरुको क्षमता विकासका लागि ४ वर्षे व्यवसायिक योजना ल्याएको र यसै बारे सो
कार्यक्रममा छलफल गरिएको छ ।
एक दिने सो कार्यक्रममा प्रदेश १ का नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रशासकिय अधिकृत र योजना शाखाका प्रमुखहरुको सहभागिता रहेको छ ।