एटीएम ह्याक गरेर पैसा निकाल्दै गरेका एक चिनियाँ ठमेलबाट पक्राउ


काठमाडौं, १८ चैत । एटीएम मेशिन ह्याक गरेर पैसा निकाल्न खोज्ने एक चिनियाँ नागरिकलाई ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।ह्याक गरेर पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक वाङ सिआलोङलाई दरबारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

एटीएम मेसिनको कि बोर्डको पिन नम्बर ह्याक गरेर पैसा निकाल्दै गरेका वाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी बस्ने ठमेलको एक होटलकोबाट एटीएम र विद्युतीय भुक्तानीका माध्यमबाट ह्याक गरेर पैसा निकाल्ने कैयौँ उपकरण पनि बरामद गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment