३ हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा मुलुकमा १६२ जना संक्रमित थपिए

काठमाडौं, १८ चैत । मुलुकमा थप १ सय ६२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ९१९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ६२ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ३०९ पुगेको छ ।

जसमा महिलाको संख्या ९७ हजार ४२० (३५.१३ प्रतिशत) र पुरुषको संख्या १ लाख ७९ हजार ८८९ जना (६४.८७ प्रतिशत) रहेको छ ।

पछिल्लो २४ घण्टामा ५९ संक्रमित निको भए, ० को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५९ जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७२ हजार ७८६ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १ हजार ४ सय ९३ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ७१ हजार ३२७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment