भारतको आसाममा ६.५ म्याग्नेच्युडको भूकम्प इलाममा पनि धक्का महशुस


इलाम, १५ बैशाखः  बुधबार बिहान ७ बजेर ५१ मिनेट जाँदा भारतको आसाम केन्द्रबिन्दु भएर भूकम्प जाँदा नेपालमा पनि त्यसको धक्का महशुस भएको थियो । उक्त भूकम्प ६.४ म्याग्नेच्युड मापन गरिएको छ । भूकम्पको धक्का पूर्वी जिल्लाहरु इलाम, झापा लगायतका जिल्लाहरुमा महशुस गरिएको थियो ।

त्यस्तैगरी काठमाडौं उपत्यकामा गएराति ३.५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार राति १ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

रातिको समयमा भूकम्प गएकाले धेरैले महशुस गर्न सकेका थिएनन् । कलंकी आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर भूकम्प गएको मापन केन्द्रले जनाएको छ । २०७२ बैशाख १२ को महाभूकम्प पछि नेपालमा हजारौँ पराकम्प आइसकेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment