फेरि माधव नेपालसहित ११ सांसदहरुलाई कारबाही (नामावलीसहित)


काठमाडौं । आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा नेकपा एमालेका माधवकुमार नेपाल पक्षका ११ जना विघटित प्रतिनिधि सभाका सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहित ११ जना विघटित प्रतिनिधि सभा सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाउन स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

बैठकपछि एमाले प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बिहानसम्म स्पष्टीकरण दिने निर्णय भएको बताउनुभएको छ ।

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेतासँग भने स्पष्टीकरण नमागिएको बताइएको छ । उनीहरुले आफ्नो हस्ताक्षर किर्ते गरेर बुझाएको भनेपछि उनीहरुलाई स्पष्टीकरण नमागिएको भनिएको छ ।

स्पष्टिकरण सोधिएका नेपाल, खनाल र रावलबाहेक सबै समानुपातिक सांसद रहेको बताइएको छ ।

यसअघि नयाँ सरकार गठनमा कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेको भनिएको थियो । तर, नेपाल पक्षकै सांसदहरुले आफ्नो हस्ताक्षर किर्ते लिखित र मौखिक जानकारी पार्टीलाई दिएका छन् ।

यी हुन स्पष्टीकरण सोधिएका ११ सांसदहरु :

१. माधवकुमार नेपाल, २.झलनाथ खनाल, ३. भीमवहादुर रावल, ४. मुकुन्द न्यौपाने, ५. रामकुमारी झाँक्री, ६. सरला यादव, ७. पुष्पाकुमारी कर्ण, ८. कलिला खान, ९. निरादेवी जैरु, १०.लक्ष्मी कुमारी चौधरी, ११. कल्याणी खड्का

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment