प्रदेश १ मा ८ सय ८८ जना नयाँ संक्रमित थपिए


विराटनगर । प्रदेश १ मा शनिबार ८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा २७४, मोरङमा २४३, सुनसरीमा १६१, संखुवासभामा ५६, खोटाङमा ४७, इलाममा ३०, धनकुटामा १८, सोलुखुम्वुमा १६, उदयपुरमा ६, ओखलढुङ्गा र भोजपुरमा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ८५, विर्तामोडमा ३७, बुद्धशान्तिमा ३२, कनकाईमा २९, भद्रपुरमा २५, अर्जुनधारामा २३, मेचीनगरमा १२, कमल गाउँपालिकामा ९, गौरादहमा ६, शिवसताक्षीमा ५, गौरीगञ्जमा ४, बा¥हदशीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, मोरङको विराटनगरमा १६४, बेलबारीमा २२, केराबारीमा १५ जनामा कोरोना पुष्टि भएको छ ।

पथरीशनिश्चरेमा १२, बुढीगंगामा १०, उर्लाबारीमा ५, जहदामा ४, ग्रामथान, धनपालथान र सुन्दरहरैचामा २–२, रंगेली, सुनबर्षी, मिक्लाजुङ, कानेपोखरी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ८०, इटहरीमा ३५, इनरुवामा १० जनामा कोरोना संक्रमण देखिएको छ ।

दुहवीमा ६, देवानगञ्ज र बराहक्षेत्रमा ५–५, बर्जुमा ४, रामधुनी, हरिनगर, भोक्राहानरसिंह, गढी र स्थानीय तह नखुलेका ३–३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि संखुवासभाको खाँदबारीमा ३१, चैनपुरमा १९, सभापोखरीमा ३, सिलिचोङमा २ र धर्मदेवीमा १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ४६ र स्थानीय तह नखुलेका १, इलामको फाकफोकथुममा १५, इलाम नगरपालिकामा १३, रोङ र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३, पाख्रिवासमा ३, छथर र महालक्ष्मीमा १–१ कोरोना पुष्टि भएको छ ।

सोलुखुम्वुको सोलुदुधकुण्डमा १० जना, महाकुलुङ र थुलुङ दुधकोशीमा २–२, माप्य दुधकोशी र खम्वु पासाङल्हामुमा १–१, उदयपुरको त्रियुगामा ४, बेलका र स्थानीय तह नखुलेका १–१, ओखलढुङ्गाको चिशंखुगढी र भोजपुरको षडानन्दमा २–२, पाँचथरको फिदिम र तेह्रथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५० हजार ४६८ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार २६६ जना संक्रमणमुक्त भएका छन् । आज २५७ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १७ हजार ४५६ पुगेको छ ।

प्रदेश १ मा शनिवार २ हजार ४३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३५३ महिला र ५३५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment