इलाममा एकै दिन ४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५८ पुग्यो


इलाम, ७ जेठः दोस्रो चरणको कोरोना संक्रमणले देशै भरी तिव्र रुपमा फैलिएको बेला इलाममा पनि आज थप ४६ जनामा कोरोण संक्रमण पुष्टी भएको छ । इलाममा आज एकै दिन ११  महिला र ३५ पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । 

संक्रमित हुनेमा इलाम नगरपालिकाका ७ जना पुरुष २० जना महिला, सूर्योदय नगरपालिका १ पुरुष, रोङ गाउँपालिका १ पुरुष,  माइ नगरापालिका १ महिला १ पुरुष र फाकफोकथुम गाउँपालिका ३ महिला १२ पुरुष रहेका छन् ।

इलाममा हाल सम्म ५५८ जनामा कोरोना सक्रमण भएको छ । सवै भन्दा धेरै कोरोना संक्रमण इलाम नगरपालिकामा भएको छ इलाम नगरपालिकामा १२० महिला र १६१ पुरुष गरेर २८१ जना संक्रमित रहेका छन् । अहिले सम्म इलामको एक स्थानीय तह सन्दकपुर गाउँपालिका कोरोना कहरबाट सुरक्षित रहेको छ । 

इलाममा हाल सम्म कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ  । मृत्यु हुनेमा चुलाचुली गाउँपालिकाका ३ जना, इलाम नगरपालिकाका ७ जना, देउमाइ नगरपालिकाका १ जना, सूर्योदय नगरपालिका २ जना र माइजोगमाइका १ जना रहेका छन् ।

इलाममा  ५१२ जना संक्रमित भएका छन् । यस्तै इलाममा कोराना संक्रमण मुक्तहुनेको संख्या ५९ पुगेको छ ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment