मुलुकभर ८ हजार ९८० जना नयाँ कोरोना संक्रमित थपिए, १२९ को मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ९८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१९ हजार ३५७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ८ हजार ५९१ र ७ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ९८० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार ८४८ संक्रमित निको भए, १२९ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ हजार ८४८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ८ हजार ८४८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८ सय ८६ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार १०५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ९७ हजार ५०३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय २९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार १५३ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment